जगत रंगको होलीमा रमाउदा मित्र विजय अश्रुधाराले पुरीयो । केही दिनअघिसम्मको औधी खुसी छिटै शोकमा वदलीयो । एउटा अपूरणीय क्षतीले विजयलाई जीवनभर गांजेर गयो । नावालकले मातृत्व गुमायो, परिवारले असल सदस्य गुमायो, समाजले सरल, सौम्य र मृदुभाषी दिपालाई गुमायो ।
“वनै खायो डढेलाले मनै खायो यै मोरीको पापी मायाले
भोक पनि छैन मलाई तिर्खा पनि छैन….”
भन्दै लगनाका चौपारी पल्तीर शुरेश म र विजय वेला वेला जंगलै थर्किनी गरी एक साथ गाउथ्यौ । केही वर्ष मात्र अगाडीका ति दिन रमणीय थिए, रंगीन थिए ।
व्यवहारिकताको जंजालमा म मात्र होइन मित्र विजय र शुरेश पनि वेरिए । दिनहरु औपचारिकतामा घेरीए । भेटघाट पातलीए, कार्यव्यस्तता वढे, व्यवसायीकता वाक्लीए ।
विजय र हामी एउटा नमिठो रिक्ततामा पुरीएको केही दिन नवित्दै त्यस क्षेत्रका समाजसेवी मिर्मीका वेद प्रकाश भट्राइको असामयीक निधन भयो । वामपन्थी विचारधारावाट निकट रहेका वेदे दाई हाम्रा लागि मिथकीय पात्र हुनुहुन्थ्यो । केटाकेटी छदा सुनिने गुल्मीका तेले र वेसारेका जुडुवा पात्रका कथा जस्तै । वारी स्यागंजामा छापको रेशम र मिर्मीका वेदेको नाम खुव चल्तीमा थियो ।
वलशाली वेदे दाई यस्ता छन रे उस्ता छन रे! वेदेले त रागालाई पनि लडाइदिन सक्छन रे, एउटा सिंगै वोकाको मासु खान्छन रे ! जत्रो थाम पनि उचाल्न सक्छन रे । कसैले नसकेको ढुंगो उचाल्छन रे । यस्ता मिथकीय पगरी गुथाइएका वेदे दाई सामाजीक काममा अग्रणी थिए । मिर्मीका स्थानीय भएपनि जिल्लाकै राजनीतिमा उपस्थिति जनाइरहने उनी विर्घातिर वाक्लो आउजाउ गर्नेमा पर्दथे ।
जनता मावीका पूर्व विद्यार्थी रहेका उनी पूर्व विद्यार्थी गठनमा पनि सक्रिय रुपमा लागेका थिए । राजनैतिक गतिविधिमा सक्रिय रहेका वेला स्यागंजाको कार्यक्रममा सहभागी भएर फर्किदा वालिगंमा वेदे दाईलाई हृदयघात भएको थियो । उपचारकालागि पोखराको मणिपाल हुदै काठमाण्डौ ल्याइएका वेदे दाई होसमा आउन सक्नुभएन ।
आफ्नै जन्मस्थान मिर्मीमा उंहाको भावपूर्ण अन्त्येष्टी भएको थियो ।
मृत आत्माको चीर शान्तिको कामना ।
जतिसुकै अपत्यारिलो लागे पनि सहनु नै पर्ने रहेछ ।
आत्माको चिर शान्तिको कामना सहित भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिबार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु।
Rest in peace…. Its very sad and unexpected death… Please god do not repeat such mistake again
स्तब्ध बनायो लेख ले
हार्दिक श्रद्धाञ्जली मृत आत्मालाई चिर शान्ति मिलोस